विश्वमै पहिलोपटक भेटियो मस्तिष्कमा जीवित कीरा

विश्वमै पहिलोपटक अष्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा जीवित किरा भेटिएको छ । वैज्ञानिकहरूका अनुसार ती महिलाको मस्तिष्कमा ८ सेन्टिमिटरको जीवितै किरा भेटिएको हो । गत वर्ष क्यानबेरामा गरिएको शल्यक्रियामा बेलायतमा जन्मेका बिरामीको टाउकाको अगाडिको भाग (फ्रन्टल लोब)मा रहेको तन्तुबाट धागो (स्ट्रिङ) जस्तो किरा निकालिएको थियो ।
त्यो रातो परजीवी त्यहाँ दुई महिनासम्म रहन सक्छ । जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो खतरालाई यस तथ्यले उजार गरेको अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । क्यानबेरा अस्पतालका सङ्क्रामक चिकित्सक सञ्जय सेनानायकेले भने, ‘शल्यक्रिया गर्ने थियेटरमा भएका सबै जना स्तब्ध भएका थिए, जब सर्जनले असामान्य चीज उठाउन फोर्सेप लगाए, त्यो असामान्य चीज ८ सेन्टिमिटरको हल्का रातो कीराको रुपमा निस्कियो ।’
उनले थप भने, ‘यो एक नयाँ सङ्क्रमण हो, जुन मानवमा पहिले कहिल्यै देखिएको थिएन ।’ ओफिडास्कारिस रोबर्टसी सामान्य गोलोकिरा पाइथन अष्ट्रेलियमा धेरै पाइने गैरविषालु सर्पहरू हुन् । वैज्ञानिकहरूका अनुसार ती महिलाले आफू बसेको स्थान नजिकै तालको छेउमा एक प्रकारको स्थानीय घाँस, वारिगल ग्रीन्स सङ्कलन गरेपछि राउन्डवार्म (गोलोकिरा) समातेको हुनसक्छ ।
इमर्जिङ इन्फेक्सियस डिजिज जर्नलमा लेख्दै अष्ट्रेलियका परजीवी विज्ञानका विज्ञ मेहराव हुसेनले ती महिलाले पाइथनको मल र परजीविका अण्डाहरूबाट दुषित घाँसका विरुवाहरू प्रयोग गरेपछि उनी दुर्घटनामा परेको आशंका गरेका छन् ।
पेट दुख्ने, खोकी लाग्ने, राति पसिना आउने र पखाला लाग्ने जस्ता असामान्य लक्षणहरू उनीमा देखिएको थियो । उनमा बिर्सने पन बढ्दै गएको देखिएको छ चिकित्सकहरूले बताएका छन् । बिरामीलाई सन् २०२१ को जनवरीको अन्त्यमा अस्पताल भर्ना गरिएको थियो । परीक्षण गरेर हेर्दा उनको मस्तिष्कको दाहिनेतिरको अगाडिको लोबभित्र असामान्य चोट देखिएको थियो । उनको अवस्थाका कारण सन् २०२२ को जुनमा गरिएको बायोप्सीको क्रममा यो विषय थाहा भएको थियो ।
उनको अवस्था ठीक हुँदै गएको मेडिकल रिपोर्टमा देखिएको छ । ‘ओफिडास्केरिस लार्भाले मस्तिष्कमा आक्रमण गरेको कुरा पहिले प्रतिवेदन उल्लेख गरिएको थिएन,’ डा हुसेनले लेखेका छन्, ‘मानवमा तेस्रो चरणका लार्भाको बृद्धि उल्लेखनीय छ, किनकी अघिल्ला प्रयोगात्मक अध्ययनले भेडा, कुकुर र बिरालाजस्ता घरपालुवा जनावारहरूमा लार्भाको विकास भएको देखाइएका थिएनन् ।’
अष्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु)का मेडिसिनका एसोसिएट प्रा डा सेनानायकेले बीबीसीलाई भने, ‘यो केस चेनावती हो ।’ एएनयुको टोलीले पछिल्ला ३० वर्षमा ३० प्रकारका नयाँ सङ्क्रमणहरू देखा परेको प्रतिवेदनमा उल्लेख गरेको छ । तीन चौथाई जुनोटिक हुन् –सङ्क्रमक रोगहरू जुन जनावरबाट सरेका छन् । ‘यसले मानव जनसङ्ख्या विस्तार भएको देखाउँछ, हामी जनावरहरूको नजिक जान्छौं, उनीहरूको बासस्थान अतिक्रमण गर्छौँ । जुन हामीले बारम्बार देखिरहेका छौँ । यो निपाहा भाइरस जुन जङ्गली चमेरोबाट घरेलु सुँगुरमा गएको छ र त्यसपछि मानिसमा सरेको छ, चाहे त्यो कोरोना भाइरस होस् अन्य कुनै । जस्तै सार्स वा मेर्स जो चमेरोबाट सम्भवताः माध्यमिक जनावर(घरपालुवा जनावर)मा सर्छ र अनि मानिसमा सर्छ ।” एजेन्सीको सहयोगमा
-
विहान उठ्नै बित्तिकै गर्नुहोस् यी काम, तपाईंलाई हुने छैन पैसाको कमी
भनिन्छ, दिनको संकेत विहानले देखाउँछ। त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै...
४ दिन अगाडी २ मिनेट पाठ -
माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…
थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपत्कालीन शल्यक्रिया भएको छ । सो...
४ हप्ता अगाडी १ मिनेट पाठ -
शिक्षकले बालकलाई थप्पड हान्न लगाएपछि…
एक प्राथमिक विद्यालयकी शिक्षिकाले गणित बिषय पढाउँदै गर्दा दुना (हिसाब गर्ने गणितीय विधि) नजानेपछि...
१ महिना अगाडी २ मिनेट पाठ -
जुनकिरीको पुच्छरमा किन बत्ती बल्छ?, यस्तो छ रहस्य
जुनकिरीले पुच्छरमा प्रकाश किन उत्पन्न गर्छ रु तपाईँ हाम्रो मनमा स्वाभाविक प्रश्न उठ्न सक्छ...
१ महिना अगाडी ३ मिनेट पाठ -
दुनियाकै लामो कपाल भएको गाउँ, जहाँ कपाल हेर्नकै लागि आउँछन् हजारौँ पर्यटक
पर्यटन प्रवर्द्धनका अनेक तरिका हुँदा रहेछन् । एउटा गाउँ गाउँले महिलाहरुको लामो कपालका कारण...
३ महिना अगाडी २ मिनेट पाठ