श्रीमान्-श्रीमतीबीच झगडा: श्रीमतीको नशाले मात्तिएको अभिनयले सुध्रिए श्रीमान्!

श्रीमान्–श्रीमतीबीच झगडालाई परालको आगो भनिन्छ अर्थात् छोटो समयको मात्र । तर भारतको उत्तर प्रदेशमा पर्ने आगरामा श्रीमान्–श्रीमतीबीच झगडाको एक अनौठो घटना बाहिर आएको छ । पारिवारिक परामर्श केन्द्रमा काउन्सिलिङका लागि पुगेका श्रीमान् श्रीमतीले एकअर्कालाई मदिरा सेवन गरेको आरोप लगाएका छन् ।
श्रीमतीले मदिरा सेवन गरेको आरोप लगाउँदै श्रीमान भन्छन ‘रक्सी पिएर मेरो इज्जतको धज्जी उडाउँछिन् र चोक चौराहामा कोलाहल मच्चाउँछिन्।’ प्रमाणको रूपमा, श्रीमानले सल्लाहकारलाई भिडियो पनि देखाए। भिडियोमा श्रीमान डराएर भागिरहेको छन् भने श्रीमतीले गाली गरिरहेकी छिन् । श्रीमानको कुरा सकिएपछि श्रीमतीले आफ्नो कथा सुनाउँदै भनिन् – ‘पहिले दिनहुँ श्रीमान रक्सी पिएर आउने गर्थे, घर आएपछि नयाँ–नयाँ बहाना खोजेर झगडा गर्थे । उनीसँग दिनहुँ झगडा हुन्थ्यो । दिनहुँको कुटपिटबाट दिक्क भएर मदिरा सेवन गर्ने व्यक्तिको जस्तै मैले व्यवहार गर्न थाले ।’
उनले श्रीमानलाई आफ्नै भाषामा पाठ सिकाउन थालिन् । श्रीमतीका अनुसार उनी आफू मदिरा पिउँदिनन्, तर श्रीमानको नशाबाट छुटकारा पाउन लागुऔषध दुव्र्यसनीजस्तो अभिनय मात्रै गर्छिन् । दुवै पक्षको कुरा सुनेपछि काउन्सिलरले उनीहरुबीच लिखित सहमति गरेका हुन् ।
सहमतिपछि श्रीमानलाई रक्सी नपिउन निर्देशन दिइएको छ । श्रीमानले अब हप्तामा एक पटक मात्रै रक्सी पिउने सल्लाहकारको उपस्थितिमा लिखित प्रतिवद्धता दिएका छन् । उनले श्रीमतीसँग कहिल्यै झगडा नगर्ने लिखित सहमतिपछि श्रीमान्–श्रीमतीसँगै घर फर्किएका छन् । श्रीमान्–श्रीमतीबीचको झगडाको यो विषय चर्चाको विषय बनेको छ ।
-
के तपाईं थाहा छ काउकुती किन लाग्छ?
काउकुती कसैलाई धेरै लाग्छ कसैलाई कम । कहिलेकहीँ नछोएर र इसारामा पनि काउकुती लागेको...
२ महिना अगाडी ४ मिनेट पाठ -
एउटै भैंसीको मूल्य १६ करोड!
करोडौंको कार वा बंगलाबारेमा तपाईले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैंयाँ (नेपाली...
२ महिना अगाडी २ मिनेट पाठ -
उत्तरपुस्तिकामा विद्यार्थीको जवाफ देखेर शिक्षकको रोकिएन हाँसो…
भारतीय यूपी बोर्डको माध्यमिक परीक्षा सकिएपछि हाल उत्तरपुस्तिका चेक गर्ने काम भइरहेको छ ।...
२ महिना अगाडी १ मिनेट पाठ -
एक बोरा सिक्काले एउटा स्कुटी
गुवाहाटीको बोरागाउँ क्षेत्रका एक जना बासिन्दाले एक बोरा सिक्काले एउटा स्कुटी खरिद गरेका छन्...
२ महिना अगाडी २ मिनेट पाठ -
थाहा पाउनुहोस् बाटोमा भेटेको पैसा टिप्दा शुभ हुन्छ कि अशुभ?
तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ?...
३ महिना अगाडी ३ मिनेट पाठ