कहिले काहीं सानो घटनाले पनि माया गर्नेहरुबीच सम्बन्ध विग्रन्छ । एक जोडीको विवाहमा वेहुली यसरी नाचिन् की वेहुला र उनको परिवारलाई त्यो कुरा मन परेन । वेहुलाले तत्काल वेहुलीलाई डिभोर्स दिने निर्णय गरे । इराकको बगदादमा एक जोडीको निकै कम समयमा डिभोर्स भएको घटना अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
गल्फ न्युजले उल्लेख गरेअनुसार विवाहमा बेहुली ‘उत्तेजक’ सिरियाली गीतमा नाचेको भन्दै बेहुलाले तत्कालै डिभोर्स दिएका हुन्। गीत निकै चर्चित हो तर वेहुला र उनको परिवारलाई त्यो गीत उत्तेजक लाग्यो । वेहुलीले उनीहरुलाई सम्झाउने कोशिष पनि गरीन् तर उनीहरु मानेनन् ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार बेहुली ‘मेसायतारा’ गीतमा नाचेकी थिइन्। यसको अर्थ ‘म तिमीलाई नियन्त्रणमा राख्छु’ भन्ने हुन्छ। गीतमा भनिएको त्यो शब्द वेहुला र उनको परिवारका लागि भने वास्तविक लाग्यो । गीतको यो बोलले बेहुलालाई यति चित्त दुख्यो कि उनले तत्कालै डिभोर्सको निर्णय गरे।
समाचारमा उल्लेख गरिएअनुसार बेहुलीले मेसायतारा गीतमा नाच्नु बेहुला र उसको परिवारलाई उत्तेजक लागेको थियो। यसबाट उनीहरु खुसी थिएनन्। यस विषयमा बेहुला र बेहुलीबीच बहस पनि भएको थियो।
त्यसपछि बेहुलाले तत्कालै बेहुलीलाई डिभोर्स दिए। यो गीत लामिस कानले गाएका थिए। गीतकै कारण नवविवाहित जोडीको डिभोर्स भएको यो पहिलो घटना भने होइन। गत वर्ष जोर्डका एक व्यक्तिले गीतकै कारण आफ्नी बेहुलीसँगको नाता तोडेका थिए।